१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्विर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार १५:५९:००
Read Time : < 1 मिनेट
अर्थ

सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ६ मंगलबार १५:५९:००

प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष ०७७–७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही २ जेठमा संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभाका सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । 

नीति तथा कार्यक्रममाथि सांसदहरू डा. मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए । 

सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव फिर्ता लिन सांसदहरूलाई समय दिएको र उनीहरूले फिर्ता लिन अस्वीकार गरेपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । 

संसद्को बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । 

प्रतिनिधिसभाको अर्काे बैठक यही १३ जेठमा दिउँसो १ः०० बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।