मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार १४:३०:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओलीको प्रतिबद्धता : एक रुपैयाँ भ्रष्टाचार भएको भए पनि कारबाही हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ६ मंगलबार १४:३०:००

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि खरिद गरिएका सामानमा भ्रष्टाचार भएको भए कडा कारबाही हुने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले स्वास्थ्य सामग्री खरिदमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भएको भए दोषीहरूमाथि कडा कारबाही हुने प्रतिबद्धता जनाएका हुन् । 

उनले अहिलेको अवस्था जटिल भएकाले द्रुत माध्यमबाट सामान खरिद गर्नुपर्ने  भएकाले खदिर प्रक्रियामा भने केही छरितोपन अपनाइएको बताए । 

‘एक रुपैयाँ भ्रष्टाचार अनियमितता गरेको भए कारबाही हुन्छ,’ उनले भने, ‘उत्पादित देशहरूमा नै यसको हाहाकार भएको छ, त्यसैले अहिलेको अवस्था सामान्य अवस्था होइन, केही बढी मूल्य पर्न सक्छ ।’