१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ६ मंगलबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ : चल्ते चलाते लोकतन्त्र भनेका होइनौँ, चाहेका पनि होइनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ६ मंगलबार १२:५८:००

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले काम चलाउ अर्थात् चल्ते चलाते लोकतन्त्र नचाहेको जनाएका छन् । 

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नहरूको मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले जनताको जीवनसँग समग्र रूपमा सम्पूर्ण पक्षहरूमा सम्बन्धित रहेर लोकतन्त्रको कुरा गरेको जनाएका हुन् । 

उनले बोल्ने, सम्पत्तिमाथिको, राजनीतिक अधिकार चुनाव, पार्टी खोल्ने, पक्ष प्रतिपक्षको अधिकार मात्र खोजेको नभई सर्वसाधारणको जीवनसँग जोडिने र समृद्धि हुने लोकतन्त्र चाहेको बताए । 

‘हामीले पूर्ण प्रेस स्वतन्त्रता भए पुग्छ भन्न खोजेको होइन, जनताको जीवनमा सकारात्मक पार्ने लोकतन्त्र चाहेको । सडकमा बेसहारा भएर जीवन जीउनका लागि कुकुरसँग लडाइँ गरेर फोहाेरमा खाना खोजेर खानुपर्ने प्रशस्त वाक स्वतन्त्रता भएको लोकतन्त्रको कति सन्दर्भ हुन्छ ?’ उनले भने, ‘त्यस्तो अवस्थामा हामी लोकतन्त्रको कुरा गर्छौँ भने त्यो लोकतन्त्र कस्तो हुन्छ । बुढाबुढी सडकमा घाउसहित छन, झिँगा भन्किएका छन, कागले ठुँगिरहेको छ, हाम्रो अवस्था छ, यस्तो थियो, त्यस्तो अवस्थामा हामी डेमोक्रेसी भनिरहन्छौँ, मानवअधिकारका कुरा गरिरहन्छौँ, लोकतन्त्रका गफ मात्र गरिरहन्छौँ भने त्यो लोकतन्त्र कस्तो हुन्छ ?’ 

उनले यस्तो अवस्थाका कारण यो सरकारले दुई वर्षमा सडकबालबालिकामुक्त गरिसकेको दाबी गरे । 

प्रधानमन्त्री ओलीले सर्फिसियल डेमोक्रेसी नभई कम्प्रिहेन्सिभ डेमोक्रेसी चाहेको बताए । 

उनले सम्मानसहितको स्वतन्त्रता भएको लोकतन्त्र स्थापना गर्न चाहेको उल्लेख गरे । 

उनले भने, ‘जुन लोकतन्त्रले प्रतिव्यक्ति आय, जिडिपी नापेर यहाँ पुगेका छौँ भन्ने, तर बालबालिका कुकुरसँग सडकमा लडाइँ गरेर बाँच्नुपर्ने हामीले भनेको चल्ते चलाते डेमोक्रेसी होइन ।’