मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ६ मंगलबार १०:३१:००
Read Time : > 1 मिनेट
नयाँCity

लकडाउनमा गाडीको हेरचाह कसरी गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ६ मंगलबार १०:३१:००

अहिले मान्छेसँगै गाडी पनि घरमै लकडाउन छन् । लामो समय नचलाई पार्किङ गर्दा गाडी बिग्रिन सक्छ । जिप सर्भिस सेन्टरका एसिस्टेन्ट म्यानेजर नितेशरमण पराजुलीले यतिवेला गाडी फिट राख्ने तरिका सुझाएका छन् :

लामो समय पार्किङ गर्दा ह्यान्ड ब्रेकमा राख्नु हुँदैन । त्यसो गर्दा ब्रेक जाम हुने जोखिम हुन्छ । गियरमा राखेर गाडी पार्किङ गर्दा राम्रो हुन्छ ।

- लामो समय नगुडाउँदा गाडीमा समस्या आउन सक्छ । त्यसैले, दैनिक १० मिनट गाडी स्टार्ट गरौँ । त्यसो गर्न सम्भव नभए चार दिन या साताको एकपटक अनिवार्य गाडी स्टार्ट गर्नुपर्छ । स्टार्ट गरेर केहीबेर अगाडि–पछाडि गराउँदा राम्रो हुन्छ । यसो गर्दा इन्जिन आयलको सर्कुलेसन हुन पाउँछ र ब्याट्री चार्ज हुन्छ । ब्रेकमा पनि खिया लाग्न पाउँदैन । दैनिक स्टार्ट गर्दा इन्जिन र ब्याट्रीको अवस्था राम्रो रहन्छ ।

- गाडीलाई घाम र पानीबाट पनि जोगाउनुपर्छ । लामो समय घाममा राखे रङ उड्छ । ग्यारेजभित्र त गाडी सुरक्षित रहन्छ । तर, ओत नभएको ठाउँमा राख्नु परेमा कभरले ढाक्नुपर्छ । घामले सिसा तातेमा वाइपर ब्लेड पग्लिने सम्भावना हुन्छ । पानी पर्ने ठाउँमा राख्दा खिया लाग्न सक्छ ।

- गाडीलाई लामो समय पार्किङ गर्दा ह्यान्ड ब्रेकमा राख्नु हुँदैन । त्यसो गर्दा ब्रेक जाम हुने जोखिम हुन्छ । गियरमा राखेर गाडी पार्किङ गर्दा राम्रो हुन्छ । न्युट्रलमा राख्दा सामान्य धक्काबाट पनि गाडी गुड्ने जोखिम हुन्छ ।

- गाडीमा सकभर फुल ट्यांकी तेल राख्नुहोस् । यसो गर्दा ट्यांकीमा खिया लाग्न पाउँदैन । स्टार्ट गर्दा पनि तेल सर्कुलेसन भइहाल्छ ।

- लामो समयपछि गाडी चलाउँदा एकचोटि वर्कसप गएर सामान्य जाँच गराउँदा राम्रो हुन्छ । त्यसबाट गाडीको अवस्था जानकारी हुन्छ । टायरको हावाको प्रेसर र ब्याट्री जाँच गरेर मात्र गाडी सडकमा निकाल्नुपर्छ ।