मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ५ सोमबार २०:०७:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ विज्ञापन रोक्ने लोकसेवा आयोगको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ५ सोमबार २०:०७:००

लोकसेवा आयोगले नयाँ विज्ञापन रोक्ने निर्णय गरेको छ । सरकारबाट अर्को निर्णय नआएसम्मका लागि स्वीकृत वार्षिक कार्यतालिकाका विज्ञापनसमेत रोक्ने निर्णय आयोगको सोमबारको बैठकले गरेको हो ।
 
आंशिका परीक्षा सञ्चालन भइसकेका भर्ना प्रक्रिया भने नरोकिने भएका छन् । स्थिति सामान्य भएपछि ती परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । 

तर, दरखास्त आह्वान भइसकेको तथा कुनै पनि चरणको परीक्षा सञ्चालन नभएको विज्ञापनको हकमा भने नेपाल सरकारबाटै निर्णय हुनुपर्ने आयोगले जनाएको छ । गत २८ फागुनमा आह्वान भएको खरिदारको परीक्षा पनि स्थगनको निर्णय भएको छ । जसको आवेदन ९ जेठदेखि रोक्न लागिएको छ । 

त्यस्तै, सुरक्षा निकाय तथा संगठित संस्थाको कर्मचारी भर्ना प्रक्रियाअन्तर्गत कुनै पनि चरणको परीक्षण सुरु भइसकेको हकमा भने निरन्तरता दिइने भएको छ । तर, परीक्षा सुरु नभएका भर्ना प्रक्रिया सरकारले निर्णय नगरेसम्म स्थगित भएको छ । 

सरकारले कोभिड– १९ ले सिर्जित विषम परिस्थितिमा प्रशासनिक खर्च घटाउन नयाँ कर्मचारी भर्ना रोक्ने निर्णय गरेको थियो । सोहीअनुसार सरकारले आयोगलाई नयाँ विज्ञापन रोक्न आग्रह गरेको थियो ।