१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १२ शनिबार २०:०६:००
Read Time : < 1 मिनेट
समाचार

माइतीघर मण्डलामा ‘निरन्तर शनिबार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १२ शनिबार २०:०६:००

‘निरन्तर शनिबार’को यस पटकको श्रृंखला माइतीघर मण्डलामा सम्पन्न भएको छ । वाल्मीकि विद्यापीठमा हुने गरेको श्रृंखला यस हप्ता भन सत्याग्रही डा. गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डलामा आयोजना भएको हो । 

कार्यक्रमका संयोजक कवि सोझो गाउँलेले सरकार आफैँले गरेको सहमतिबाट पछि हटेपछि सोह्रौँ अनसन सुरु गरेका डा. केसीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन माइतीघर मण्डलामा कार्यक्रम गर्नु परेको बताए । त्यसपछि विभिन्न कविहरुले रचना वाचन गरेका थिए । 

कार्यक्रममा सोझो गाउँले, बलराम दाहाल, सन्ध्या पहाडी, गीता कार्की, रञ्जिता गिरी, सविता बिमली, नारायण सापकोटा, जीवन खत्री, इन्द्र लम्साल, चन्द्रकान्त पौडेल, सुदर्शन शर्मा, पूर्णिमा प्रतिविम्ब, वर्षा वन्दना, केवल कार्की, लक्ष्मण आचार्यलगायतले रचना सुनाएका थिए । ‘सत्य र न्यायका पक्षमा स्रष्टाहरु’ भन्दै कवि÷लेखकहरुले करिब तीन घन्टा माइतीघर मण्डलामा बिताए ।