१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ ५ सोमबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनकै अवधिमा कञ्चनपुरमा १८ जनाद्वारा आत्महत्या

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ ५ सोमबार १९:१०:००

कञ्चनपुरमा कोरोना संक्रमणभन्दा पनि आत्महत्या गम्भीर समस्या बन्दै गएको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिका–१० चतहरीका ४१ वर्षीया इन्द्र विकले कोरोनालाई जितिन् भने वेदकोट– १० कै ३३ वर्षीया महिला कोरोनासँग लडिरहेकी छिन् । कोरोना संक्रमित उनको अवस्था पनि सामान्य नै छ । तर, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतबाट जारी लकडाउनको अवधिमा जिल्लामा १८ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार ५६ दिनमा १८ जनाले आत्महत्या गरेका छन् भने दुई महिलाले आत्महत्याको प्रयास गरेका छन् । सोमबार शुक्लाफाँटा नगरपालिका–११ र भीमदत्त नगरपालिका–१८ की दुई महिलाले आत्महत्याको प्रयास गरेका थिए । प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेमा १४ देखि ५० वर्ष उमेर समूहका छन् ।

लकडाउनयता प्रति तीन दिनमा एकजनाका दरले आत्महत्या गरिरहेका छन् । सातजना पुरुष र ११ महिलाले आत्महत्या गरेका हुन् । विष सेवन गरेर दुई पुरुष र चार महिला, झुन्डिएर पाँच पुरुष र सात महिलाले ज्यान गुमाएका छन् । आत्महत्याका कारणमा स्याउ खाएको आरोपदेखि प्रेममा धोका दिएकोसम्म रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रवीन्द्र पौडेलले लकडाउनको अवधिमा आत्महत्याका घटना बढेको बताए । ‘स–साना विषयमा विवाद हुँदा पनि आत्महत्याका घटना भएका छन्,’ उनले भने, ‘अभिभावकले आफ्ना सन्तानको कमीकमजोरी पत्ता लगाएर सामान्य गाली गर्दा पनि आत्महत्या गरिरहेका छन् ।’ सहने क्षमताको कमी भएकै कारण आत्महत्याका घटना बढेको उनको भनाइ छ ।