मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ जेठ ५ सोमबार १३:५१:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकाले गोप्य अन्तरिक्ष विमान प्रक्षेपण गऱ्यो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ ५ सोमबार १३:५१:००

अमेरिकी वायुसेनाले आफ्नो गोप्य अभियानअन्तर्गत एक्स–३६ बी अन्तरिक्ष विमान बाहक एट्लस भी रकेट केप कन्याभरलबाट अन्तरिक्षतर्फ सफलतापूर्वक प्रक्षेपण गरेको छ । 

शनिबार मौसमका कारण प्रक्षेपण गर्न नसकिएपछि आइतबार उक्त रकेट प्रक्षेपण गरिएको थियो । 

ओर्बिटल टेस्ट भेइकल (ओटिभी) भनिने अन्तरिक्ष विमानले अन्तरिक्षमा एउटा भूउपग्रह छोड्ने र ऊर्जासम्बन्धी एउटा प्रविधि परीक्षण गर्ने बताइएको छ । यसको एउटा उद्देश्यमा बिउविजन र अन्य पदार्थमा पराबैजनी किरणको असर अध्ययन गर्नु रहेको छ । 

सो विमानको यो छैटौँ अन्तरिक्ष यात्रा हो । एक्स–३७ बीबारे धेरै विवरण गोप्य नै राखिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यसको विगतको क्षमता र ड्रोन मिसनबारे थोरै मात्र सूचना सार्वजनिक गरेको छ । 

यो कोरोना भाइरस महामारी नियन्त्रणमा अग्रपंक्तिमा काम गरिरहेका र प्रभावित व्यक्तिलाई समर्पित गरिएको बताइएको छ । रकेटको पेलोड फायरिङमा ‘अमेरिका स्ट्रङ’ भन्ने सन्देश लेखिएको थियो । यो विमान अन्तरिक्षमा कहिलेसम्म रहन्छ भनेर खुलाइएको छैन । 

एक्स–३७ बी कार्यक्रम सन् १९९९ देखि सुरु गरिएको हो ।