Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ५ सोमबार ११:५०:००
Read Time : < 1 मिनेट
समाचार

कालीगण्डकीमा बेपत्ता भएका दुई बालक अझै फेला परेनन्

Read Time : < 1 मिनेट
२०७७ जेठ ५ सोमबार ११:५०:००

पाल्पाको रामपुर नगरपालिका मलौटेमा कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईजना बालक अझै फेला पर्न सकेका छैनन् । 

आइतबार अपह्न करिब ४ बजेतिर घरनजिकै रहेको कालीगण्डकी नदीमा पौडी खेल्न गएका उनीहरू बेपत्ता भएका थिए ।

बेपत्ता हुनेमा रामपुर– १० सिकोडाँडाका १० वर्षीय बालक  सुशील भट्टराई र सोही ठाउँकै  १० वर्षका समीर चापागाईं रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीपेन्द्र जिसीले जानकारी दिए । 

उनीहरूको प्रहरी चौकी हुँगीका प्रहरी र स्थानीयले खोजतलास गरिरहेका छन् ।