मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २४ शनिबार
  • Saturday, 06 June, 2020
एजेन्सी
२०७७ जेठ ५ सोमबार ०८:३२:००
सप्तरंग

अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

एजेन्सी
२०७७ जेठ ५ सोमबार ०८:३२:००

नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दिवेश दोस्रो भएका हुन् । 

उनी काठमाडौंका हुन् । दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् । टप फाइभमा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई छानिएको थियो । उत्कृष्ट दुईमा दिवेश र सामन्था डियाज अर्थात् ‘जस्ट साम’ छनोट भएका थिए । दिवेशलाई हराउँदै अश्वेत मूलकी सामले आइडलको उपाधि जितेकी हुन् । साम स्कुल पढ्दादेखि नै न्युयोर्कका सब वेमा गीत गाउने गर्थिन् । 

दिवेश अध्ययनका क्रममा सन् २०१४ मा अमेरिका पुगेका थिए । गत फागुनमा यस प्रतियोगिताका लागि छनोट भएसँगै दिवेशको चर्चा चुलिएको थियो । आज भएको फाइनलमा सबै प्रतियोगीले आफ्नै घरबाट प्रस्तुति दिएका थिए ।

टप २१ छनोट भएपछि कोरोना भाइरसको महामारीका कारण प्रतियोगीहरूलाई घर पठाइएको थियो । अप्रिलदेखि घरबाटै भर्चुअल शो गर्ने गरी पुनः कार्यक्रम सुरु गरिएको थियो ।