मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार २१:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीको निर्देशन- अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्नू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार २१:४३:००


लकडाउनको वेला अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको कामकारबाहीमा बाधा–अवरोध गर्ने र दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । 

आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार भएको भन्दै त्यस्तो गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको एक मन्त्रीले बताए । 

स्वयंसेवकका नाममा सडकमा उत्रेकाले काठमाडौंको नागढुंगामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनीमाथि दुर्व्यवहार गरेका थिए । यसको अभियोगमा स्थानीय उत्तम कार्कीलाई शनिबार नै प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले अधिकार नै नभएको काम गरेको र सवारी रोक्ने तथा खानतलासी लिने गरेको अभियोगमा कार्कीलाई पक्राउ गरिएको बताएका थिए ।

यही घटना सतहमा आएपछि प्रधानमन्त्री ओलीको निर्देशन आएको हो । चन्द्रागिरि नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमित देखिएपछि लकडाउन प्रभावकारी बनाउन शुक्रबार स्थानीयको भीड सडकमा उत्रेको थियो । अन्य जिल्लामा पनि यस्ता घटना भएका छन् ।