Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार २१:०१:००
Read Time : < 1 मिनेट
समाचार

इदमा घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार २१:०१:००

राष्ट्रिय मुस्लिम आयोगले इद–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।

मुस्लिम आयोगको आइतबार बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले इद–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन् । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व इद–उल–फित्रका दिन मस्जिद र मदरसामा गई सामूहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी इद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो ।

रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरूले घरमै बसेर नमाज पढेका थिए । आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरूलाई इदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए । उनले इदको नमाज पढेपछि छरछिमेकमा पुगेर एकअर्कामा शुभकामना आदान–प्रदान नगर्नसमेत आग्रह गरे ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो व्रत तोड्ने दिन इद–उल–फित्र मनाउने गरिन्छ । यस दिन सामूहिक नमाज पढेर विशेष रूपमा मनाइने गरिन्छ । इदलाई आपसी सदभावको चाडका रूपमा पनि हेर्ने गरिएको छ । यस वर्षको इद–उल–फित्र आगामी आइतबार मनाईंदै छ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरूले गर्दछन् ।