मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार १८:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नीति तथा कार्यक्रमले प्राथमिकता प्रस्ट्याउन सकेन : प्रवक्ता श्रेष्ठ

भारतीय सेनाध्यक्षलाई जवाफ : भौगोलिक अखण्डताको रक्षा गर्न अरूको आड चाहिन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार १८:२५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्राथमिकता प्रस्ट्याउन नसकेको बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा आइतबार भएको छलफलमा भाग लिँदै श्रेष्ठले त्यस्तो बताएका हुन् । 

साथै, उनले कोभिड– १९ रोकथाम, नियन्त्रण, उपचार र यसको निराकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याउनसमेत सुझाब दिए । ‘प्राथमिकताहरूलाई अझ ठोस र मूर्त रूप दिनुपर्दथ्यो । त्यस सम्बन्धमा सायद सरकार अझै गम्भीर अध्ययनमा लागिरहेको बोध हुन्छ । नीति तथा कार्यक्रम उद्धृत गर्दै श्रेष्ठले भने, ‘सरकारले यस महामारीले मुलुकको आर्थिक सामाजिकलगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा पारेको प्रभावको अध्ययन गरिरहेको छ । सम्भवतः अध्ययन गरिरहेको छ । यस अध्ययनको आधारमा राज्य प्रणालीकै प्रभावकारिता वृद्धि गरी थप विकासका कार्यक्रम ल्याउनेछ । तर, अहिले प्राथमिकताको कुरा गरिरहँदा बजेटमार्फत यसको सम्बोधन हुने विश्वास गरेका छौँ । बजेट प्राथमिकीकरण गरेर ल्याउनेछ ।’ 

प्राथमिकीकरण गर्दा पहिलो कोभिड– १९ रोकथाम, नियन्त्रण, उपचार र यसको निराकरणको वर्ष हो यो भनेर प्रस्ट रूपमा अगाडि बढाउन पनि श्रेष्ठले सुझाब दिए ।

भारतीय सेनाध्यक्षलाई जवाफ : भौगोलिक अखण्डताको रक्षा गर्न अरूको आड चाहिन्न
श्रेष्ठले केही दिनअघि भारतीय सेनाध्यक्ष मुकुन्द नरभानेले नेपालले कसैको इशासारामा लिपुलेकमा भारतले निर्माण गरेको सडकको विरोध गरेको अभिव्यक्तिको जवाफ पनि फर्काए ।
भारतीय सेनाध्यक्षको अभिव्यक्तिप्रति संकेत गर्दै भनेका श्रेष्ठले भनेका छन्, ‘नेपालले आफ्नो राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताका निम्ति उभिन, त्यसको निम्ति आफ्नोतर्फबाट पहल गर्न र त्यसलाई जसरी हुन्छ रक्षा गरिछाड्न कुनै अन्य शक्तिहरूको वा अरू कसैको हामीलाई त्यसप्रकारको उक्साहट वा आड भरोसा आवश्यक छैन भन्ने बुझ्न सबै मित्रहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु ।’

त्यस्तै, लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको घोषणाको पनि उनले स्वागत गर्दै नेपालले छिमेकी देशहरूसँग मित्रवत् सम्बन्ध राख्न चाहेको बताए ।

लामो मन्तव्य दिएका श्रेष्ठले सरकारले राम्रो नीति तथा कार्यक्रम ल्याएकोमा प्रतिरक्षा गर्दै केही बुँदागत सुझाबसमेत प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रमले नेपालको आजको सन्दर्भलाई ध्यान दिँदै आजको आवश्यकता पूर्ति गर्ने र नेपाललाई रणनीतिक रूपले सामाजिक आर्थिक रूपान्तरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्यलाई केन्द्रबिन्दुमा राखेको उनको भनाइ थियो । नेपालको अतिक्रमित भूमि समेटेर नक्सा प्रकाशन गर्नेगरी नीति तथा कार्यक्रम ल्याउने सरकारको ऐतिहासिक कदम भएको भन्दै उनले सरकारलाई धन्यवाद दिए ।

त्यस्तै, नीति तथा कार्यक्रमले नेपाललाई कोभिड– १९ मुक्त नेपाल बनाउने कुरालाई मुख्य प्राथमिकतामा राखेर सचेतना फैलाउने, सजगता अपनाउने नीति अख्तियार गरेको भन्दै मानवीय क्षति हुन नदिनका लागि रोकथाम, नियन्त्रण र उपचारको प्रक्रियालाई अझ प्रभावकारी बनाउने नीति र कार्यक्रमलाई जोडदार रूपमा अगाडि बढाउन पनि सरकारसँग अपिल पनि गरे ।