मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ जेठ ४ आइतबार १५:३२:००
Read Time : < 1 मिनेट
विश्व

इजरायलका लागि चिनियाँ राजदूत आफ्नै निवासमा मृत फेला

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ ४ आइतबार १५:३२:००

इजरायलका लागि चिनियाँ राजदूत दु वेई राजधानी तेल अबिवको हर्जलियास्थित आफ्नै निवासमा मृत भेटिएका छन् । 

इजरायली मिडियाका अनुसार ५८ वर्षीय दु वेई आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । के कारणले उनको मृत्यु भएको भन्ने अहिलेसम्म पत्ता लागेको छैन । 

सन् २०२० को फेब्रुअरीमा इजरायलका लागि राजदूतका रूपमा उनलाई नियुक्त गरिएको थियो । यसभन्दा अगाडि वेई युक्रेनका राजदूत थिए । उनको परिवार भने इजरायलमा नरहेको बताइएको छ । 

इजरायली स्वास्थ्य अधिकारीहरूले राजदूत वेईको शरीरमा कुनै चोटपटक नलागेकाले पनि राजदूत वेईको मृत्यु हृदयघात वा अन्य कुनै प्राकृतिक कारणबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । इजरायली प्रहरीले घटनाको अनुसन्धान थालिसकेको बताएको छ ।

वेईले राजदूतको नियुक्ति लिएपछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन र इजरायलबीचको सम्बन्ध थप सृदृढ बनाउने बताएको दूतावासको वेभसाइटमा प्रकाशित भएको थियो । 

उनी फेबु्रअरीमा इजरायल पुगेर १५ दिन क्वारेन्टाइनमा बसेका थिए । उनले गत महिना कोरोना महामारीलाई लिएर चीनलाई गलत आरोप लगाइएको बताएको थियो ।

यही शुक्रबार उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओको कडा आलोचना गरेका थिए । गत साता इजरायलको भ्रमणमा चीनले कोरोना भाइरससम्बन्धी सूचना लुकाएको आरोप अमेरिकी विदेशमन्त्री पोम्पियोले लगाएका थिए ।