मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ४ आइतबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार

लागुऔषधसहित एक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ ४ आइतबार १४:०४:००

सिराहा नगरपालिका– १५ बाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक विनोदकुमार घिमिरेका अनुसार स.२प ८५२६ नम्बरको मोटरसाइकलसहित मिर्चैया नगरपालिका– ५ बस्ने ३५ वर्षीय आमोद भनिने विजयकुमार यादव पक्राउ परेका हुन्। 

यादवको साथबाट ११ बोतल कोरेक्स र ७० थान नाइट्रोभेट बरामद गरिएको घिमिरेले जानकारी दिए। यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

त्यसअघि सिराहाको गोलबजार नगरपालिका– ११ बलकवाबाट प्रहरीले तीन सय ५० ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको थियो। लकडाउन सुरु भएयता जिल्लाका विभिन्न ठाउँबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।