मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
उत्तम कार्की
टेकराज थामी काठमाडाैं
२०७७ जेठ ४ आइतबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार

चेकिङका नाममा स्वास्थ्यकर्मीको मानमर्दन गर्ने युवक पक्राउ 

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७७ जेठ ४ आइतबार १३:१५:००

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई चेकिङका नाममा अवरोध गरी सामाजिक सञ्जालमा भिडियो हाल्ने युवक पक्राउ परेका छन् । थानकोटका स्थानीय उत्तम कार्कीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पास भएका स्वास्थ्यकर्मी केसीलाई हेटौँडाबाट काठमाडौं आउने क्रममा नागढुंगामा रोकेर अवरोध गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । ‘खानतलासीको भिडियो सार्वजनिक भएपछि सोही आधारमा हामीले खोजतलास गरी पक्राउ गरेका हौँ,’ उनले भने, ‘अनुसन्धान गर्दै छौँ । कसुरअनुसार मुद्दा चलाउँछौँ ।’ 

नारायण कार्की निर्देशक, जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश

त्यसरी स्थानीयबाट चेकिङका नाममा अवरोध हुँदा पनि मूकदर्शक बन्ने प्रहरीमाथि समेत आन्तरिक छानबिन सुरु गरिएको छ । प्रहरीकै सहयोगमा आफूलाई त्यसरी दुःख दिइएको कार्कीले बताएका छन् । कार्कीलाई दुर्व्यवहार भएको समाचार आइतबार नयाँ पत्रिकामा प्रकाशित भएको थियो । स्वास्थ्यकर्मीको मानमर्दन गरेका विषयमा महानगरीय प्रहरी कार्यालयले छानबिन समितिसमेत गठन गरेको छ ।

गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुनै अवरोध नगर्न सूचना प्रकाशन गरेको छ । कतिपय घरधनीले समेत स्वास्थ्यकर्मीलाई अवरोध गरेकाले त्यस्तो थाहा पाइएमा पक्राउ गरी कारबाही गर्ने चेतावनी गृहले दिएको छ । साथै, लकडाउन कडाइका नाममा कतिपय स्थानीय समूहले बाटो नै बन्द गरिएकोमा समेत त्यस्तो नगर्न भनिएको छ ।