मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार १३:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अब नेपालमाथि कहिले पनि नाकाबन्दी हुने छैन : सुवासचन्द्र नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ४ आइतबार १३:१०:००

नेकपा नेता सुवासचन्द्र नेम्वाङले नेपालमा अब कहिले पनि नाकाबन्दी नहुने बताएका छन् । 

आइतबार संसदमा नीति तथा कार्यक्रममाथि बोल्दै उनले विगतमा जति नाकाबन्दी भए पनि अब त्यस्तो मार नेपालले व्यहोर्नु नपर्ने बताएका हुन् । 

उनले भने, ‘हामीले यो भूपरिवेष्ठित यो देशलाई भूजडित बनायौँ । अरू धेरै चर्चा नगरौँ । चीनतर्फ पनि समुद्रसम्म पुग्ने नाका खोल्यौँ, सम्झौता गऱ्यौं । अब यहाँ नाकाबन्दी कहिले पनि हुनेछैन । यति कुरा हामीले जनताको समर्थनमा गरेका हौँ । यो नीति तथा कार्यक्रममा उल्लेख छ ।’

नेम्वाङले दार्चुलाको लिपुलेकलाई लिएर चीन र भारतबीच सन् २०१५ मा भएको सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । 

०७२ सालमा भूकम्प आएको २०औँ दिनमा दुई छिमेकीले सम्झौता गरेर लिम्पियाधुरालाई व्यापारिक नाकाको रूपमा अगाडि बढाएकोमा पनि उनले असन्तुष्टि पोखे । 

आफूहरू यो सहमतिलाई नमान्ने र यसलाई अस्वीकृत गर्ने उनले बताए । 

उनले भने, ‘यसका विरुद्धमा विनम्रतापूर्वक लड्छौँ ।’

 

नीति तथा कार्यक्रमाथि संसदमा बहस, कसले के भने ?

अब नेपालमाथि कहिले पनि नाकाबन्दी हुने छैन– सुवासचन्द्र नेम्वाङ

प्रधानमन्त्रीज्यू ! जनताको विवेकको अपमान नगर्नुस् : मीनेन्द्र रिजाल

देउवा भन्छन्– यो सरकारसँग जनताको दुःख र संवेदना बुझ्ने हृदय भएन