मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार ०९:२५:००
Read Time : < 1 मिनेट
अर्थ

बिक्रीका आधारमा नेपालको नम्बर एक स्मार्ट फोन बन्यो साओमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ४ आइतबार ०९:२५:००

स्मार्ट फोन ब्रान्ड साओमीले नेपालमा सबैभन्दा बढी बिक्री हुने ब्रान्ड बनेको दाबी गरेको छ । विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आइडिसीका अनुसार आफू सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड बन्न सफल भएको घोषणा गरेको हो । 

सन् २०१८ अक्टोबरदेखि सञ्चालनमा आएको यस ब्रान्डले नेपालको स्मार्ट फोन बजारमा पहिलोपटक नेतृत्व गरेको जनाएको छ । सन् २०२० मा ३०.९ प्रतिशत बजार सेयरका साथ नेपालमा बिक्री भएका शीर्ष १० स्मार्ट फोनहरूमध्ये चारवटा साओमीका डिभाइस रहेको कम्पनीको दाबी छ । 

सन् २०२० को प्रथम त्रैमासिकमा शीर्ष पाँच स्मार्ट फोनमध्ये दुईवटा साओमीका स्मार्ट फोन रहेको जनाइएको छ । रेडमी नोट ८ ले नेपालमा नम्बर एक स्मार्ट फोनको नेतृत्व गरिरहेको छ भने त्यसलाई रेडमी ८ ले पछ्याएको कम्पनीको दाबी छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी पहिलोपटक स्मार्ट फोन बजारमा अग्रणी भयौँ र साओमी नेपालमा यो हाम्रा लागि उत्साहजनक क्षण हो ।’ सबैका लागि नवीन उत्पादनहरू ल्याउने आफ्नो लक्ष्यका साथमा फ्यानहरूका लागि कडा परिश्रम गर्न कोसिस गर्ने उनको भनाइ थियो । 

कम्पनी अनलाइन बिक्री साझेदार डराज डटकमको सबै सेल्स इभेन्टहरूमा नम्बर १ रहेको कम्पनीको दाबी छ । साओमीको दसैँमा भएको बिक्रीले ब्रान्डलाई ठूलो योगदान पु-याएको जनाइएको छ । अफलाइन वृद्धिले समग्र वृृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले साओमीले एक वर्षमा देशभरि ३ सय ५० मी प्रिफर्ड पार्टनर पसलसहित ९ सयभन्दा बढी अफलाइन साझेदारहरू स्थापना गरेको जनाएको छ ।