Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भोजराज भण्डारी काठमाडौं
२०७७ जेठ ३ शनिबार २२:०४:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं महानगरका सफाइ कर्मचारी कसैलाई पनि कोरोना नभएको पुष्टि

Read Time : < 1 मिनेट
भोजराज भण्डारी काठमाडौं
२०७७ जेठ ३ शनिबार २२:०४:००

काठमाडौं महानगरका सफाइ कर्मचारी कसैलाई पनि कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

महानगरपालिकाले ३ जेठमा सरुवा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा वातावरण व्यवस्थापन विभागमातहतका नौ सय ३४ जना कर्मचारीको कोरोना परीक्षण गराएको थियो । उनीहरूमध्ये ६ सय ६४ जनाको आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) र दुई सय ७० जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) विधिबाट परीक्षण गरिएको थियो ।

आरडिटी परीक्षण गरिएकामध्ये तीनजना महिला स्वास्थ्य स्वयंसेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । तर, उनीहरूको थ्रोट स्वाब पिसिआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

आरडिटी नतिजा पोजेटिभ आएपछि विभागको क्वारेन्टाइनमा राखिएका उनीहरूमध्ये घरनजिक भएकालाई आजै घर पठाइएको छ भने घर जान सम्भव नहुनेलाई विभागकै क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

सफाइमा काम गर्ने कर्मचारीमध्ये बढी उमेरका, दीर्घरोगको औषधि खाइरहेका र शारीरिक रूपमा कमजोरहरूलाई जोखिममा राखेर पिसिआर विधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीको आरडिटी परीक्षण गरिएको थियो ।

परीक्षण निरीक्षण गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य विभागमै पुगेका थिए भने परिणाम पोजेटिभ आएपछि कर्मचारीको हौसला बढाउन नगरप्रमुख र उपप्रमुख दुवैजना विभागमा पुगेका थिए । महानगरको वातावरण व्यवस्थापन विभागका नौ सय ४५ कर्मचारीमध्ये सात सय ३० जना कुचीकार रहेका छन् ।