१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
भोजराज भण्डारी काठमाडौं
२०७७ जेठ ३ शनिबार १९:०२:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनसँगै सुस्त बनेको सिंहदरबार प्रबलीकरण कार्य पुनः तीव्र

Read Time : < 1 मिनेट
भोजराज भण्डारी काठमाडौं
२०७७ जेठ ३ शनिबार १९:०२:००

कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुस्त बनेको सिंहदरबार प्रबलीकरण कार्य पुनः तीव्र भएको छ ।

लकडाउन लम्बिँदै गए पनि सामाजिक दूरी कायम गरेर प्रबलीकरण कार्य पुनः तीव्र बनाइएको सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) उपनिर्देशक झप्परसिंह विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीनवटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भएर टाइल तथा मार्बल लगाउने र रङ लगाउने काम पनि भइरहेको उनले बताए । उनले भने, ‘स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाइएको छ ।’

निर्माण कम्पनीले हाल निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ । निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उनको भनाइ छ । चारवटा मोहडाको प्रबलीकरणमा हाल एक सय १९ जना कामदारले काम गरिरहेका छन् ।

कामदारहरूलाई स–साना समूहमा परिचालन गर्ने तथा कार्य क्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती न्यु टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले बताए । उनका अनुसार कामदारलाई कार्यस्थलमै खाने तथा बस्ने व्यवस्था गरिएको छ ।

लकडाउनका कारण रोकिएको रानीपोखरी र धरहरा पुनर्निर्माणको काम पनि पुनः सुरु भएको छ ।