१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३ शनिबार १७:४१:००
Read Time : < 1 मिनेट
खेलकुद

युभेन्टसमा फर्किने गोन्जालो अन्तिम खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३ शनिबार १७:४१:००

अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइन युभेन्टसमा आबद्ध हुने अन्तिम खेलाडी बनेका छन् ।

हिगुइन निजी विमानबाट शुक्रबार इटाली पुगेका थिए । इटालीमा जुन १३ देखि सिरि‘ए’ लिग सुरु गर्ने तयारी भइरहेको छ । रियल म्याड्रिड, चेल्सी तथा नेपोलीका पूर्वखेलाडी हिगुइन दुई साता क्वारेन्टाइनमा बस्नेछन् ।

३२ वर्षीय हिगुइनले गत १९ मार्चमा इटाली छाडेका थिए । १९ मार्चमा आमा बिरामी भएको खबर पाएपछि हिगुइन अर्जेन्टिना फर्किएका थिए । अर्जेन्टिनामा रहँदा हिगुइनले सेल्फ क्वारेन्टाइन नियम अपनाएका थिए । यस साता मिडफिल्डर एडिएन राविओट पनि युभेन्टसमा आबद्ध भएका थिए ।

अन्तर्राष्ट्रिय एजेन्सीहरूका अनुसार सोमबारदेखि युभेन्टसले प्रशिक्षण सुरु गर्नेछ । सिरि‘ए’मा युभेन्टसले शीर्ष स्थानमा एक अंक अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको लाजियोभन्दा युभेन्टस एक अंकले मात्र अगाडि रहेको हो । कोरोना भाइरसले इटालीमा ३२ हजार व्यक्तिको ज्यान लिएको छ ।