मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ ३ शनिबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पामा विष सेवनबाट श्रीमानको मृत्यु, दुई श्रीमतीको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
२०७७ जेठ ३ शनिबार १३:०४:००

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा रहेका छन् ।

मृत्यु हुनेमा ३२ वर्षीया श्रीमान सुकलाल कुलाल रहेका छन् ।

मृतक कुलालकी २७ वर्षीया श्रीमती बिन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

शुक्रबार राति करिब ८ बजेतिर खाना खाइसकेपछि लगातार उल्टी गर्न सुरु गरेपछि तीनैजनालाई त्रिपुराकोट बगरमा रहेको स्थानीय मेडिकलमा पुऱ्याइएको थियो ।

मेडिकलमा नसकिने बताएपछि तीनैजनालाई रातारात जिल्ला अस्पतालमा पुऱ्याइएकाे र उपचारको क्रममा सुकलाल कुलालको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

अचेत अवस्थामा रहेका दुवैजनालाई आईसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले शनिबार दिउँसो करिब १२ बजेतिर हेलिकाेप्टरबाट उद्धार गरी सुर्खेत लगिएको रञ्जितकारले बताए ।

घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ खटाइसकिएको बताइएको छ ।

उनीहरूले खाँदै गरेको खाना अनुसन्धानका लागि नमुना संकलन भइसकेको प्रहरीले जनाएको छ । 

अस्पताल ल्याइपुऱ्याउन्जेल मृतक कुलालको हातका पल्सहरू पूर्ण ररूपमा बन्द भइसकेको डा. मेलिना हमालले जानकारी दिइन् ।