मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ३ शनिबार ११:५०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

खाना खोजेर परिवारको भोक टार्दै बालबालिका [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७७ जेठ ३ शनिबार ११:५०:००

शुक्रबार लकडाउनको ५३औँ दिन । सडकमा फाट्टफुट्ट गाडी गुडेका छन् । थपिँदै गएको कोरोना संक्रमितको संख्याले दैनिक काम गरेर गुजारा चलाउने वर्गको दैनिकी झनै कष्टकर बन्दै गएको छ । 

बिहीबार बुढानीलकण्ठ नगरपालिका हात्तीगौँडा पुग्दा त्यहाँको ‘मानवअधिकारका लागि महिला’ नामक संस्थाले विपन्न र असहाय परिवारलाई खाना वितरण गरिरहेको लाइनमा धेरैजसो बालबालिका थिए । ती बालबालिकाले आफ्नो परिवारका लागि खाना लिन आएकाे बताए । 

काेराेना संकटले लामाे समय शैक्षिक कार्यक्रम प्रभावित हुने भएपछि अहिले धेरैजसो स्कुलले अनलाइल कक्ष सुरु गरेका छन् । उनीहरूले बताएअनुसार यीमध्ये धेरैको अनलाइन कक्षा पनि चलिरहेको छ । तर, यी बालबालिका आफ्नो पढाइ छोडेर परिवारको भोक मेट्न लाइनमा बस्दै गर्दा पुगेका नयाँ पत्रिकाका दीपेन्द्र ढुंगानाले केही दृश्य आफ्नो क्यामेरामा कैद गरेका छन् :