Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ३ शनिबार १०:०४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी गरौँ  तनाव व्यवस्थापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ३ शनिबार १०:०४:००

लकडाउनको सीधा असर दैनिक ज्यालादारीबाट गुजारा चलाउने परिवारमा देखिएको छ । तर, त्यसभन्दा माथिल्लो वर्गमा पनि समस्या उत्तिकै छ । र, सबैमा तनाव र चिन्ता बढेको छ । तर, त्यस्तो तनाव हटाउने उपाय हुँदै नभएको होइन । तीमध्ये केही उपाय यी हुन सक्छन् :

नियमित योगाभ्यास
नियमित योगाभ्यास गर्दा तनाव घट्छ र मनोबल बढ्छ । योगाभ्यासले मानिसमा एकाग्रतालाई बढाउँछ । दैनिक २० मिनेट योग र ध्यानका लागि छुट्याउने हो भने दिमागबाट चिन्ता र तनाव टाढा भाग्छन् । दिनको जुनसुकै समय र जहाँसुकै रहेर पनि योग या ध्यान गर्न सकिन्छ ।

दैनिक २० मिनेट योग र ध्यानका लागि छुट्याउने हो भने दिमागबाट चिन्ता र तनाव टाढा भाग्छन् । दिनको जुनसुकै समय र जहाँसुकै रहेर पनि योग या ध्यान गर्न सकिन्छ ।

दैनिक व्यायाम
शारीरिक व्यायामले शरीरलाई सक्रिय बनाउँछ । र, दिमागलाई पनि तनावबाट मुक्त गराउँछ । बिहानीपख व्यायाम गर्दा दिमाग ताजा हुन्छ, रक्तसञ्चार बढ्छ र दैनिक कामका लागि उत्प्रेरणा प्राप्त हुन्छ ।

संगीत सुन्नुस्
कठिन समयमा आरामको आवश्यकता हुने गर्छ । त्यस्तो आराम शारीरिक मात्र हुँदैन, मानसिक पनि हुन्छ । मानसिक शान्ति प्राप्त गर्न संगीतको ठूलो भूमिका हुन्छ । शास्त्रीय धुन र नरम संगीतले तनाव कम गर्न मद्दत पुर्‍याउँछ । मानसिक छटपटीबाट बाहिर निस्किन संगीत भरपर्दो माध्यम हुन सक्छ ।

प्रियजनसँग कुराकानी
कसैसँग आफ्ना मनका भावना पोख्ने र खुलेर कुराकानी गर्नाले पनि धेरै समस्याको हल हुन्छ । अधिकांश मानिस घरबाटै काम गरिरहेका छन् । र, भर्चुअल संसारलाई बढी समय दिइरहेका छन् । त्यसले मानिसलाई घरभित्रै पनि प्रियजनबाट टाढा बनाएको छ ।

त्यसैले, नजिकका व्यक्ति र प्रियजनसँग कुराकानी गर्नुुहोस् । परिवारका सदस्यहरूसँगको संवादले पनि शरीरमा ऊर्जा मिल्छ । परिवारका सदस्यहरूसँगै बसेर खाना खाने र कुराकानी गर्ने बानीले भविष्यका योजना बनाउन पनि मद्दत पुग्छ । त्यसबाट पनि तनाव व्यवस्थापन भएर शरीर फुर्तिलो रहन सक्छ ।

निद्रा पुग्ने गरी सुत्नुहोस्
व्यस्त दैनिकी नभएकाले अधिकांशको सुत्ने समय बिग्रिएको छ । घरमै फुर्सदिलो रहँदा निद्रालाई बेवास्ता गर्ने मानिसको संख्या ठूलो छ । राति अबेरसम्म बसेर फिल्म हेर्ने, बिहान ढिलोसम्म सुत्ने, दिउँसो पनि आराम गर्ने बहानामा ओछ्यानमै पल्टिनेजस्ता बानीले निद्राको तालिका बिथोलिएको छ । राति बेलैमा सुत्ने, बिहान सबेरै उठ्ने, दिउँसो शरीरलाई व्यस्त राख्ने दैनिकीबाट मात्र स्वस्थ रहन सकिन्छ ।