१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन पोखरेल, संगीतकार
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ३ शनिबार ०८:४३:००
Read Time : > 1 मिनेट
सप्तरंग

तयार भयो जागरण  गीत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ३ शनिबार ०८:४३:००

लकडाउनका सर्जक

जूनसँगै फेरि चम्किनेछ, घामसँगै फेरि उदाउनेछ 
फेरि पनि सुखको दिन हामीमाझ मुस्कुराउनेछ

संगीतकार अर्जुन पोखरेलले लकडाउनको समय उपयोग गरेर तयार पारेको राष्ट्रिय गीत हो यो । कोभिड–१९ को महामारीका कारण सर्वत्र निराशा व्याप्त रहेको समयमा उनले मानिसमा आशा जगाउने गीत तयार पारेका छन् । शास्त्रीय, बौद्धमार्गीले जप्ने ‘ओम माने पेमे हुम्’, लोकपप, मेलोडीलगायत संगीतका विभिन्न ‘टर्मस्’को संयोजनबाट गीतको कम्पोज तयार पारेका छन् ।

संगीतकार पोखरेल भन्छन्, ‘कोरोनापछि कोरोनालाई जित्ने मुड तयार होस् भन्ने हेतुले गीत बनाएको हुँ । यो गीत कोरोनापछि पनि आउन सक्छ, अघि पनि ।’

लकडाउन केही खुकुलो भएको मौका पारेर यहीबीचमा गीतको रेकर्डिङको प्रयास पनि नगरेका होइनन् उनले । तर, फाइनल रेकर्डिङ गर्न भने भ्याएनन् । कोभिड–१९ को महामारीबीच त्यसैलाई विषयवस्तु बनाएर धेरै गीत बजारमा आएका छन् । उनले पनि यो गीत कोरोनाकै सन्दर्भमा ल्याउन लागेका हुन् । तर, राष्ट्रिय जागरण ल्याउने प्रकृतिको गीत भएकाले अरूवेला पनि उत्तिकै सान्दर्भिक हुने उनी बताउँछन् । भन्छन्, ‘मेरो गीत कोरोनालक्षित मात्र होइन, राष्ट्रिय एकताको गीत हो । यस्तो गीत जहिले ल्याए पनि हुन्छ ।’

कुनै पनि परिवर्तनका लागि एकजुट हुनका लागि पनि आफ्नो गीतले भावनात्मक मियोको काम गर्ने उनी बताउँछन् । नेपालीबीचको एकता र सहयोगी भावनासामु थुप्रै विपत्तिले हार खाएको उनको बुझाइ छ । त्यही एकता र सहयोगी भावनालाई आफूले गीतमा उनेको उनी बताउँछन् ।

गीतमा शब्द र संगीत उनकै छ । आठदेखि १० जना गायक–गायिकालाई समावेश गर्ने योजनामा छन् । उनी भन्छन्, ‘कोरोनापछि कोरोनालाई जित्ने मुड तयार होस् भन्ने हेतुले गीत बनाएको हुँ । यो गीत कोरोनापछि पनि आउन सक्छ, अघि पनि ।’ उनको गीतले भन्छ :

सुकेको मनमा हिउँदमै पनि उम्रिनेछन् मूलहरू
एकै मालामा हाँस्न सक्छन् हरेक नेपाली फूलहरू
त्यसैले त विपत्तिले हार मान्छ यहाँ
मेरो देश नेपाल छ जहाँ