मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार

ठूला पूर्वाधार र उत्पादनका क्षेत्रमा विदेशी लगानी ल्याइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १७:२०:००

राष्ट्रपति विद्यादेवी भण्डारीले ठूला पूर्वाधार आयोजना र उत्पादनमूलक क्षेत्रका विदेशी लगानी आकर्षित गरिने बताएकी छिन् । राष्ट्रपति भण्डारीले शुक्रबार संघीय संसदमा सरकारको आगामी आव ०७७-७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसका लागि नीतिगत र प्रक्रियागत सुधार गरिने बताइन् ।

 ‘सरकारले गरेका नीतिगत तथा प्रक्रियागत सुधारका कारण नेपालमा व्यवसाय गर्ने वातवरणमा उल्लेखीय सुधार आएको छ,’ उनले भनिन्, ‘आगामी वर्ष ठूला पूर्वाधारलगायतका उत्पादनशील क्षेत्रका परियोजनाहरूमा थप विदेशी लगानी आकिर्षत गरिनेछ ।’

भौतिक पूर्वाधार निर्माणको गतिलाई तीव्रता दिने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा सार्वजनिक सेवामा सुधार गर्ने उनले बताइन् ।