१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७७ जेठ २ शुक्रबार १४:३७:००
Read Time : < 1 मिनेट
विश्व

टोकियो ओलम्पिकका लागि आइओसीको आठ सय मिलियन डलर सहयोग

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ २ शुक्रबार १४:३७:००

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जापानमा हुने गृष्मकालीन ओलम्पिक प्रतियोगिताका लागि आठ सय मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण खेल स्थगित हुँदा यसले आयोजकलाई गम्भीर आर्थिक असर परेको भन्दै सहयोग गर्ने बताएको हो ।

आइओसीले घोषणा गरेको सहयोग रकममध्ये ६५० मिलियन डलर जापानले प्राप्त गर्नेछ र १५० मिलियन डलर अन्तर्राष्ट्रिय खेलकुद महासंघ र राष्ट्रिय ओलम्पिक समितिलाई ऋण दिने बताएको छ । 

आइओसीका अध्यक्ष थोमस बाखले प्रतियोगिताको लागत घटाउन पनि सकिने बताएका छन् । ‘परिस्थितिले केही सम्झौता खोजेको छ, यसकारण सबैले केही त्याग गर्नैपर्छ, खेलकुदमा खेलाडीको गुणस्तर र खेलकोे भावनालाई ख्याल गर्दै प्रतियोगिताको लागत घटाउनेछौँ,’ बाखले भने । 

बाखले भाइरसको खोप नबने खेल अझ पछाडि सर्ने वा नसर्नेबारेमा बोल्न अस्वीकार गरे । प्रतियोगिताको मिति सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्मलाई तोकिएको छ । 

ओलम्पिक खेलका कार्यकारी निर्देशक क्रिस्टोफे दुबीले खेल हुने ठाउँहरू, एथ्लेट्स भिलेज, सञ्चार सुविधा र होटेलहरूको व्यवस्थापन गर्न ‘निकै कठिनाइ’ भए पनि यसमा राम्रो सुधार भइरहेको बताए ।