१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ २ शुक्रबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार

हेटौँडा उपमहानगरपालिकाले सुचारु गऱ्यो नियमित खोप कार्यक्रम

Read Time : < 1 मिनेट
२०७७ जेठ २ शुक्रबार १०:४५:००

हेटौँडा उपमहानगरपालिका कार्यालयले लकडाउन अवधिमै नियमित खोप कार्यक्रम सुचारु गरेको छ ।

उपमहानगरपालिकाले कोरोना प्रभाव र लकडाउनका कारण एक महिना अघिदेखि रोकेको नियमित खोप कार्यक्रम बिहीबारदेखि पुनः सुचारु गरेको हो । 

उपमहानगरपालिकामा सुचारु गरिएको कार्यक्रमअन्तर्गत सुरुमा हेटौँडा १ र ४ मा डिपिटी, पिसिभी र एफआइभिपी खोप लगाएको छ ।

लकडाउनका कारण एक महिना अघिदेखि रोकिएको नियमित लगाउनुपर्ने डिपिटी, पिसिभी र एफआइभिपी खोप सुचारु गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए । 

उनले बिहीबार हेटौँडा– १ का ३५ जना बालबालिकालाई डिपिटी र हेटौँडा– ४ का २९ जनालाई पिसिभी र एफआइभिपी खोप लगाइएको जानकारी दिए ।

उनले उपमहानगरपालिकाबाट खोप कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको र सुरक्षित तवरले कार्यक्रम सुचारु गरिएको दाबी गरे । 

कोरोना प्रभाव र लकडाउनका कारण उपमहानगर क्षेत्रका बालबालिकाका लागि अनिवार्य आवश्यक खोप रोकिँदा अर्को समस्या उत्पन्न हुने भएकाले नियमित कार्यक्रम सुचारु गरिएको उनको भनाइ छ ।       

यसलाई निरन्तरता दिने उनले जानकारी दिए ।