मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १ बिहीबार १५:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पिसिआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतकाे आदेश

Read Time : < 1 मिनेट
२०७७ जेठ १ बिहीबार १५:१२:००

सर्वोच्च अदालतले पिसिआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । कोभिड– १९ महामारी नियन्त्रण गरी आमनागरिकको जीवन रक्षा गर्न तत्कालै परीक्षणको दायरा बढाउनुपर्ने अदालतको आदेश छ । 

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ भएको थियो । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पिसिआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन निर्देशन दिएको हो । अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।