मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ जेठ १ बिहीबार १३:२९:००
Read Time : < 1 मिनेट
विश्व

चीनले कोरोनासम्बन्धी अनुसन्धानको तथ्यांक चोर्न खोजेको अमेरिकाको आरोप 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ १ बिहीबार १३:२९:००

अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र संघीय अनुसन्धान ब्युरो एफबिआईले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकामा कोरोना भाइरसको खोप विकासका लागि भइरहेको अनुसन्धानको तथ्यांक चोर्न चीनले प्रयास गरिरहेको बताएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी अध्ययन संस्थामा कोरोना भाइरसबारे भइरहेको रिसर्चसँग जोडिएको तथ्यांक चीनले ह्याकरको सहायताबाट चोर्ने प्रयास गरिरहेको छ । यो अमेरिकाका लागि गम्भीर खतरा हो ।’

एफबिआई र डिएचएसको साइबर निकाय सिआइएसएका अनुसार स्वास्थ्य सेवा, औषधि उत्पादन गर्ने कम्पनी र कोरोना भाइरसका विषयमा अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीका तथ्यांकहरू चीनको मुख्य निसानामा रहेको छ । ‘चीनले ह्याकरको माध्यमबाट यी तथ्यांकहरू चोर्न सक्छ,’ सिआइएसले भनेको छ । 

अमेरिकाले पहिलेदेखि नै चीनमाथि साइबर जासुसीको आरोप लगाउँदै आएको छ, तर चिनियाँहरूले अमेरिकी आरोप अस्वीकार गरिरहेका छन् । कोरोना भाइरसको महामारी फैलिएपछि अमेरिकाले चीनको कडा आलोचना गर्दै आइरहेको छ । 

अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म १३ लाख ५९ हजार मानिस संक्रमित भएका छन् भने ८४ हजार ५९ जनाको मृत्यु भएको छ ।