मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गोविन्द सुवेदी
२०७५ माघ १२ शनिबार १३:२२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

नेता नेपाल र प्रवक्ता श्रेष्ठको एउटै स्वर : ‘हाम्रो ध्यान सरकारलाई सफल पार्नमै केन्द्रित छ’

Read Time : > 2 मिनेट
गोविन्द सुवेदी
२०७५ माघ १२ शनिबार १३:२२:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ट नेता माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुको सम्पूर्ण ध्यान सरकारलाई सफल बनाउन तर्फ केन्द्रित रहेको बताएका छन् । वर्तमान सरकारले गर्न नसके अरुले गर्न नसक्ने भन्दै उनीहरुले यही सरकारले जनताको अपेक्षा पुरा गर्ने धारणा राखे । पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दुबै नेताले यस्तो धारणा राखेका हुन् । 

नेता नेपालले देश विकास निर्माण अभियानमा प्रवेश गरेको भन्दैै सानातिना कुरामा अल्झन नहुने बताए । ‘सरकार सानातिना कुरामा नअल्झोस् भनेका छौं, छिटो छिटो विकास निर्माणका काम होउन्, हाम्रो वर्तमान नेतृत्वले नगरे कस्ले गर्ने भन्ने प्रश्न उठ्छ भनेका छौं,’ उनले भने, ‘यसलाई सरकारले गम्भीरता पूर्वक लिएको छ, सरकार लागेको छ, जन गुनासा सुन्ने र अझै गतिका साथ जाने कुरामा हामीले जोड गरेका हौं ।’ 
आफू चितवनमा भएका बेला काठमाडौंमा गोप्य भेला गरेर ‘केपी ओलीबाट देश चल्दैन भन्यो’ जस्ता कपोकल्पित समाचार सार्वजनिक गरिएका  दृष्टान्त पेश गर्दै उनले ‘कसरी र के नियतका साथ यस्ता कुरा ल्याइन्छ ?’ भन्दैे प्रश्न गरेकाछन् ।

प्रवक्ता श्रेष्ठले सरकारलाई सफल पार्नका लागि नै आफूहरुले काम गरिरहेको बताए । सरकारलाई गति दिने सन्दर्भमा पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै उनले यसरी गर्दा र जाँदा राम्रो हुन्छ भन्ने कुरा गर्दा सरकारको विरोधी ठान्नु गलत भएको बताए । ‘मुल रुपमा हाम्रो ध्यान सरकारलाई सम्पूर्णरुपमा सफल पार्नुपर्छ भन्ने नै हो,’ उनले भने ‘यस विषयमा दायाँबायाँ कुरा केही छैन, पार्टी बरिष्ट नेताले भन्नुभएको धारणा नै प्रवक्ता र पार्टीको धारणा हो ।’

पार्टी विधि र प्रक्रियाले नचलेको संकेत
नेता नेपाल र प्रवक्ता श्रेष्ठ दुबैले पार्टी विधि, प्रक्रिया र सामुहिक नेतृत्वका आधारमा सञ्चालन नभएको संकेत गरेका छन् । कम्युनस्टि पार्टीको सञ्चालन एउटा निस्चित पद्धति, विधि, प्रक्रिया र सामुहिक नेतृत्वका आधारमा हुने बरिष्ट नेता नेपालले बताए । कुनै पात्रका विषयमा आफूहरुले डिप्पणी नगरेको भन्दै उनले एकथरी सहमति गर्ने, लेख्ने अनि फरकढंगले चल्ने कुरा गर्न नहुने उनको प्रतिक्रिया छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्रीलाई प्रदेश संयोजक तोकिएका विरोध हो भन्ने प्रश्नको जवाफ दिँदै बरिष्ट नेता नेपालले दुबै आफ्नो पार्टीका कार्यकर्ता रहेकाले विरोधको कुरा नरहेको तर विधि र प्रक्रिया मान्नुपर्ने धारणा राखे । ‘सबाल पृथ्वी सुब्बा गुरुङ वा संकर पोखरेलको होइन, उहाँहरु हाम्रो नेता कार्यकर्ता हो, विमति राख्नुपर्ने कुरा छैन, हाम्रो प्रष्ट कुरा मापदण्ड के बनाईएको थियो भन्ने हो, एक पद एक व्यक्तिका कुरा गरिएका छन्, सहमति र लेखे अनुरुप गरौं मात्र भनेका हौं, विधि र प्रक्रिया अनुरुप गरौं भनेका हौं, त्यसो गर्दा को पात्र भन्ने हुँदैन पद्धतिले काम गर्छ’ उनले भने । 

सत्ता बाहिर रहँदा कांग्रे छिट्टै अत्तालियो
नेता नेपालले विपक्षिदल कांग्रेसलाई छिट्टै अत्तालिएर आन्दोलनमा नजान आग्रह गरेका छन् । ऐन कानूनका विषयमा कतिपय सवालमा आफ्नो पार्टीको पनि विगतमा विमिति रहेको भन्दै उनले विमति भए विस्तारै छलफल गर्दै जान सकिने कुरालाई उचाल्न जरुरी नहरेका टिप्पणी गरे । निर्वाचनमा पराजय हुँदैमा कांग्रेस यतिचाँडो अत्तालिएर आफैले गरेको संकल्प विपरित सडकमा गइहाल्न नसुवाउने उनको भनाई छ ।

प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसीको भावना अनुरुप नै पास भएको दाबी गरे । केसीले गरेको संघर्षबाटै जनपक्षीय विधेयक पास भएको बताएका उनले यस विषयमा केसीलाई धन्यवाद दिनुपर्ने बताए । अब भने अनसन वा असन्तुष्टि राखिरहने ठाउँ नरहेको उनको प्रष्टोक्ति छ ।