Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १२:३३:००
Read Time : < 1 मिनेट
अर्थ

बुधबार पनि सेयर बजारमा नेगेटिभ सर्किट, २४ अंकले घट्यो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख ३१ बुधबार १२:३३:००

सेयर बजारमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । 

कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको हो । 

नेपाल धितोपत्र बोर्डले लकडाउनको वेलामा दिनको दुई घन्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ । 

सोही व्यवस्थाअनुसार बुधबार पनि बन्द हुने समयअघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो । 

नेप्से परिसूचक २ प्रतिशत अर्थात् २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द भएको छ । 

सेन्सेटिभ परिसूचक पनि २ दशमलव शून्य एक प्रतिशतले घटेको छ । 

यस्तै, ७४ वटा कम्पनीको २ सय ११ कारोबारबाट ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँबराबरको १० हजार ५ सय २६ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

कारोबारमा आएका ११ वटै समूहका सूचकहरू घटेका छन् । 

यस्तै, कारोबार भएका सबै कम्पनीको सेयर मूल्य पनि घटेको छ ।