१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ११:१८:००
Read Time : < 1 मिनेट
सप्तरंग

अर्जुनसँगको अफेयरबारे बोलिन् मलाइका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ११:१८:००

मलाइका अरोरा र अर्जुन कपुरको अफेयर चर्चा लगातार भइरहेको छ । अक्सर, यी दुई एकसाथ डिनर गर्छन् । यहाँसम्म पनि ‘इन्डियाज गट ट्यालेन्ट’ सोमा अर्जुन गएका थिए, जहाँ उनले मलाइकाको हात समातेको देखिएको थियो ।

अफेयरलाई लिएर भइरहेको हल्लापछि अब मलाइका आफैँ बोेलेकी छिन् । मलाइकालाई जब अर्जुनसँगको सम्बन्धबारे सोधियो, उनले भनिन्, ‘म ब्यालेन्स गर्न जान्दछु र जब मैले नभन्नुपर्ने कुरा छ भने त्यही भनिदिन्छु ।’ सलमानको भाइ अरबाजसँग अलग भएपछि मलाइका र अर्जुनलाई पटक–पटक भारतीय मिडियाले एकसाथ समय बिताएको भेटाएका थिए । अर्जुनले उनीहरूको सम्बन्धलाई न खुलेआम स्विकारेका छन् न त अस्वीकार नै गरेका छन् । 

मलाइका र अरबाज २०१६ मा अलग भएका थिए । जब मलाइकालाई सोधिएको थियो कि उनले कसरी सम्बन्ध व्यवस्थापन गरिन् ? उनले भनेकी छिन्, ‘मेरा साथी, परिवार र योगाले त्यो समयमा मलाई यी कुरा दिए ।’ मलाइका ‘इन्डियाज गट 
ट्यालेन्ट’को जज पनि हुन् ।