१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३० मंगलबार १६:४७:००
Read Time : < 1 मिनेट
समाचार

आगामी आर्थिक वर्षमा सरकारले १२ लाख रोजगारी सिर्जना गरोस् : लालबाबु पण्डित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३० मंगलबार १६:४७:००

पूर्वमन्त्री तथा नेकपा सांसद लालबाबु पण्डितले आगामी आर्थिक वर्षमा १२ लाख रोजगारी सिर्जना हुनेगरी सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । कोरोनाले धेरैलाई बेरोजगार बनाएको भन्दै उनले रोजगारीको क्षेत्र निर्माण गर्न विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभामा उनले कोरोनाका कारण कसैले पनि भोको रहनु नपर्ने गरी बजेट ल्याउनुपर्ने बताएका हुन् । त्यस्तै, आत्महत्याको सम्भावनालाई केलाउँदै उनले त्यसमा पनि ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । उनको भनाइ छ, ‘कोरोनाबाट अहिले कोही पनि भोको हुनु नपरोस् र आत्महत्या हुन दिनुहुन्न भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ बजेटले । लकडाउनको स्थितिमा अब बजेटको आकार पनि सानो बनाउनुपर्छ ।’

बजेटकाे आकार सानो बनाएर कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिनुपर्ने पण्डितको भनाइ छ । विदेशबाट फर्किनेलाई उद्योग सञ्चालन र व्यवसाय सञ्चालन सुरु गर्न सरकारले अनुदानसहितको व्यवस्था गर्नुपर्नेमा पण्डितले जोड दिएका छन् । रुग्ण उद्योगलाई पुनर्जीवन दिनुपर्नेमा पनि सोचविचार गर्न उनको आग्रह छ । उत्पादनलाई बजारमा पुऱ्याउने गरी बजेटमा प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।