मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३० मंगलबार १३:०२:००
Read Time : < 1 मिनेट
सेयर बजार

४९ दिनपछि खुलेकाे सेयर बजारकाे पहिलाे दिनमै नकारात्मक सर्किट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख ३० मंगलबार १३:०२:००

कोरोना भाइरसका कारण बन्द रहेको सेयर बजार ३० वैशाखदेखि दैनिक दुई घन्टाका लागि सुचारु भएको छ । कारोबारको पहिलो दिन नै सेयर बजार २ प्रतिशत घटेर तोकिएको अवधिभन्दा पहिले बन्द हुन पुग्यो ।

बजार २५ दशमलव ३० अंकले घटेर १ हजार २ सय २६ दशमलव १५ बिन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभरका लागि सर्किट ब्रेकरको व्यवस्था परिवर्तन गरी कारोबार सञ्चालन गरेको हो । मंगलबार कारोबार भएका ८७ कम्पनीकै मूल्य घटेको छ । मंगलबार १० करोड ४४ लाख ९९ हजार रुपैयाँबराबरको १ लाख ६ हजार ४ सय १२ कित्ता सेयर कारोबार भएको छ ।

 मंगलबार १ हजार ६ सय ७१ जना लगानीकर्ताले सेयर कारोबार गरेका थिए । नेप्सेका अनुसार हालसम्म २७ हजार १ सय १ जना लगानीकर्ताले युजर नेम र पासवर्ड लिएका छन् । नागरिक लगानी कोषको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ८८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबारको कारोबारमा धेरैजसो कम्पनीहरूको १० कित्ताका दरमा खरिद–बिक्री भएको छ । 

त्यसैगरी, नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले अन्तर्राष्ट्रिय बजार पनि पहिले घटेको र पछि बढेकाले नेपाली बजार पनि एक दिन घट्दैमा आत्तिनुनपर्ने बताए । अहिले सबै क्षेत्रमा नकारात्मक असर परेका वेलामा एक दिन सेयर बजार घट्नु ठूलो कुरा नभएको उनको भनाइ छ । 

त्यसैगरी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कारोबारमा आएका समस्या र चुनौतीलाई हल गर्दै जाने बताए । अहिले ब्रोकरकामा गएर कारोबार गर्ने अवस्था नभएकाले अनलाइनमार्फत कारोबार गर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।