मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ बैशाख ३० मंगलबार १२:२३:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी राष्ट्रपति कार्यालयमा मास्क अनिवार्य, ट्रम्पले भने– मलाई आवश्यक छैन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख ३० मंगलबार १२:२३:००

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा दुई कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सबै कर्मचारीलाई अनिवार्य मास्क लगाउन भनिएको छ । 

ह्वाइटहाउसले डेस्कमा बसेको समयमा बाहेक बाँकी समय सबै कर्मचारीले मास्क लगाउन र एक–अर्काबीच दूरी कायम गर्न आवश्यक रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका एक–एकजना सहयोगीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि मास्क अनिवार्य गरिएको हो ।  तर, ट्रम्पले पत्रकारहरूसँग दैनिक ब्रिफिङका क्रममा कसैसँग पनि धेरै नजिक नहुने भएकाले आफूले मास्क लगाउन जरुरी नभएको स्पष्टीकरण दिएका थिए । 

उनले भने, ‘ह्वाइटहाउसमा दैनिक एक सयको आसपासमा मानिस आउँछन्, यसैले पनि कोरोना संक्रमण रोक्न हामीले राम्रो काम गरिरहेका छौँ ।’ ह्वाइटहाउस टास्क फोर्सका तीन कर्मचारी सेल्फ आइसोलेसनमा छन् ।

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० हजार तीन सय ७८ पुगेको छ भने १३ लाख ४७ हजार एक सय ५१ मानिस संक्रमित भएका छन् । 

ट्रम्पले हरेक दिन एक लाख ५० हजारदेखि तीन लाख मानिसको कोरोना परीक्षण भइरहेको बताएका छन् । सोमबारसम्म त्यहाँ ९० लाखभन्दा बढी मानिसको कोरोना परीक्षण गरिएको छ । 

उनले आगामी वर्षसम्ममा अमेरिकी अर्थव्यवस्था सुध्रिने विश्वास पनि व्यक्त गरेका छन् । अमेरिकामा कोरोना भाइरसको प्रकोप बढेसँगै तीन करोड ३० लाख मानिसले रोजगारी गुमाएका छन् ।