मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
​​​​​​​नयाँ पत्रिका ​​​​​​​काठमाडौं
२०७७ बैशाख २८ आइतबार २१:३०:००
Read Time : < 1 मिनेट
समाचार

पत्रकार महासंघ काठमाडौं शाखालाई स्यानिटाइजर हस्तान्तरण 

Read Time : < 1 मिनेट
​​​​​​​नयाँ पत्रिका ​​​​​​​काठमाडौं
२०७७ बैशाख २८ आइतबार २१:३०:००

कालिका सोप एण्ड केमिकल प्रालिले नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई तीन सय थान ह्याण्ड स्यानिटाइजर उपलब्ध गराएको छ ।

भुकुटीमण्डपस्थित शाखा परिसर पुगेर कम्पनीका प्रतिनिधिले सो स्यानिटाइजर हस्तान्तरण गरेको उपाध्यक्ष सूर्य सुवेदीले जानकारी दिए । कोरोना संक्रमणको जोखिमलाई ख्याल गरी पहिलो घेरामा बसेर समाचार संकलन गर्ने पत्रकारहरूलाई केही मात्रामा भए पनि स्वास्थ्य सुरक्षा होस् भनेर स्यानिटाइजर उपलब्ध गराइएको सुवेदीले बताए । उक्त स्यानिटाइजर अत्यावश्यक परेका पत्रकार साथीहरूलाई वितरण गरिने शाखाले जनाएको छ ।

काठमाडौं शाखाले संकटको घडीमा विभिन्न दाताबाट प्राप्त स्वास्थ्य सामग्री, खाद्यन्नलगायत स्वीकार गरी आपतमा परेका पत्रकारलाई वितरण गरिरहेको छ । अहिलेसम्म दुई सय ५० भन्दा बढी पत्रकारलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिसकेको सुवेदीले बताए ।