मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ बैशाख २८ आइतबार ११:१७:००
Read Time : < 1 मिनेट
समाचार

तीनवटा एक्साभेटरमा आगो लगाएको आरोपमा विप्लवका दुई कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
२०७७ बैशाख २८ आइतबार ११:१७:००

मोरङको मिक्लाजुङ गाउँपालिका– १ रमितेमा सडक निर्माणमा प्रयोग भएका तीनवटा एक्साभेटरमा आगजनी र बम विस्फाेट घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 

मोरङको रतुवामाई नगरपालिका– ८ घर भएका ४० वर्षीय लक्ष्मण न्यौपाने र केराबारी गाउँपालिका– ६ का ३८ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए। उनीहरू नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता भएको दाबी प्रहरीले गरेको छ।  

गएको ५ माघमा मोरङको किसानचो-टाँडी–रमिते सडक निर्माणमा प्रयोग गरिएको बा.३क ४०१२, को.१क ३०३० र बा.३क ३५४२ नम्बरको एक्साभेटरमा बम विस्फाेटसहित आगजनी भएको थियो। 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक सुवास राईको नेतृत्वमा खटिएको टोलीले न्यौपानेलाई  शनिबार राति रतुवामाईबाट पक्राउ गरेको हो। बस्नेत भने धरानबाट केही दिनअघि नै पक्राउ परेका थिए।

उनीहरूलाई आगजनी र बम विस्फाेट मुद्दामा अनुसन्धान अघि बढाइएको डिएसपी राईले जानकारी दिए। एस्काभेटरमा आगजनीपछि लामो समयसम्म रोकिएको सडक निर्माणको काम एक महिनाअघिदेखि पुनः सुरु भएको छ। घटनामा आठजनाको सहभागिता रहेको र उनीहरू सबै विप्लवका कार्यकर्ता भएको प्रहरीको भनाइ छ। ‘फरार सबैको खोजी तीव्र पारेका छौँ,’ डिएसपी राईले भने।