मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ बैशाख २८ आइतबार १०:०७:००
Read Time : > 1 मिनेट
अर्थ

४५ हजार भारतीय लिपुलेक हुँदै मानसरोवर गए नेपालले साढे १३ अर्ब आम्दानी गुमाउने

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ बैशाख २८ आइतबार १०:०७:००

भारतले नेपाली भूमि लिपुलेकबाट चीन जोड्न बनाएको बाटोका कारण नेपालको पर्यटन क्षेत्रमै गम्भीर धक्का लाग्ने देखिएको छ । वार्षिक ४५ हजार भारतीय तीर्थयात्री नेपाल हुँदै मानसरोवर जान्छन्, प्रतिपर्यटक औसत ३ लाख खर्च गर्छन्, लिपुलेकबाटै मानसरोवर जान सहज भएको अवस्थामा नेपालको होटल तथा एअरलायन्सलगायत क्षेत्रले ठूलो आम्दानी गुमाउनेछ ।

                                                                 नेपालबाट कैलाश–मानसरोवर तीर्थयात्रा गर्ने विभिन्न रुटहरू

भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जोड्ने सडक सञ्चालनमा ल्याए नेपालको पर्यटन क्षेत्रमै गम्भीर असर पर्ने देखिएको छ । वार्षिक ४५ हजार भारतीय तीर्थयात्री नेपालको बाटो हुँदै मानसरोवर जान्छन् ।  भारतको सिक्किम र चीनबीचको सिमाना नथुला पासबाट मानसरोवर जाने रुट भए पनि भारतीय तीर्थयात्री नेपालको बाटो हुँदै जाने गरेका छन् । नथुला पास कठिन बाटो मानिन्छ र हाल अस्थायी रुपमा बन्द छ ।  

वैशाखको अन्तिमदेखि भदौसम्म बर्सेनि ४५ हजारभन्दा बढी भारतीयहरू नेपाल हुँदै मानसरोवर जाने गरेको तथ्यांक छ । ती पर्यटकमध्ये अधिकांशले मुक्तिनाथ, पोखरा र जनकपुर पनि घुम्ने गर्छन् । 

भारतबाट वार्षिक ३ लाख पर्यटक नेपाल आउँछन् । तीमध्ये ७० प्रतिशत तीर्थयात्री हुन्छन् । त्यसैले मानसरोवर जाने पर्यटक रोकिए मात्र अन्य क्षेत्रमा आउने पर्यटकसमेत प्रभावित हुने कैलाश यात्रा सञ्चालक संघका महासचिव कृष्णप्रसाद ढकालको भनाइ छ । ‘भारतले बनाइरहेको सडकबाट मानसरोवर जाने पर्यटक भारतीयसमेत घट्ने देखिन्छ,’ ढकालले भने ।

नेपालगन्जदेखि हिल्सासम्मको लगानी जोखिममा

नेपालमा आएको विनाशकारी भूकम्पका कारण चीन सरकारले तातोपानी नाका बन्द गरेको थियो । त्यसपछि मानसरोवर जाने भारतीयलाई नेपालगन्ज, सिमिकोट हुँदै हिल्सामार्फत लैजाने नयाँ रुटको सुरुवात गरिएको हो । दुई वर्षयता चीनले रसुवा नाकाबाट पनि मानसरोवर जान खुला गरेको छ । हिल्सा रुटबाट भारतीय पर्यटन जान थालेपछि नेपालगन्जदेखि हिल्सासम्म सयौँ होटेल खुलेका छन् । दैनिक १ सयभन्दा बढी उडानसमेत हुने गरेका छन् । 

मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटक बढेकाले सिमिकोट विमानस्थल निकै व्यस्त हुन्छ । नेपालगन्जदेखि सिमिकोटसम्म तारा, सीता, मकालु, समिट, सिम्रिक एयरलगायतका निजी विमान कम्पनी र सिमिकोटदेखि चीनसँग सीमा जोडिएका हिल्सासम्म साना हेलिकोप्टरले दिनमा १ सयभन्दा बढी उडान भर्ने गरेका छन् । हेलिकोप्टरले सिमिकोटबाट हिल्सा १८ सय डलरमा चार्टर्डसमेत गर्छन् ।  

‘नेपालको अफ सिजनमा काठमाडौंका तारेदेखि हिल्सासम्मका होटेलहरू मानसरोवर जाने पर्यटकले भरिभराउ हुन्छन्,’ ढकालले भने । गत वर्ष पनि हिल्सा रुटबाट ४० हजार भारतीयहरू मानसरोवर गएका थिए । ५ हजार भारतीय रसुवातिरबाट गएका थिए । 

नेपाल हुँदै कैलाश मानसरोवर जाने यात्रुहरू रसुवागढी नाका हुँदै सडकमार्गबाट पनि जाने गरेका छन् । यो यात्रा करीब ११ दिनको हुने गरेको छ । त्यस्तै, काठमाडौंबाट हवाइमार्ग हुँदै ल्हासा जाने र त्यहाँबाट सडकमार्गबाट कैलास मानसरोवर जाने तीर्थयात्री पनि हुन्छन् । 

मानसरोवर खर्चिलो मानिन्छ । एक तीर्थयात्रीले कम्तीमा ३ लाख रुपैयाँ खर्च गर्छन् । नेपालमा ७ देखि १० हिमाल आरोहणपछि मानसरोवर घुम्ने पर्यटकले सबैभन्दा बढी खर्च गर्छन् । मानसरोवर जाने भारतीय पर्यटकबाट मात्रै १३ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने गरेको पर्यटन व्यवसायीको दाबी छ ।