मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २८ आइतबार ०८:२४:००
Read Time : < 1 मिनेट
अर्थ

एनबिआईद्वारा पिपिई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २८ आइतबार ०८:२४:००

राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)ले नेपाल सरकारलाई कोरोनाविरुद्ध लड्न प्रयोग हुने सामग्री हस्तान्तरण गरेको छ । एनबिआईले करिब ३० लाख रुपैयाँबराबरको १ हजार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको हो ।

एनबिआईले दिएका सामग्री स्वास्थ्य मन्त्रालयमार्फत आवश्यकताअनुसार सातै प्रदेशमा हस्तान्तरण गरिने बताइएको छ । मन्त्री लेखराज भट्टले राष्ट्रिय व्यावसायिक पहलले कोरोना संकटको चुनौतीपूर्ण घडीमा सुरुदेखि नै आर्थिक सहयोग एवं राहत संकलन तथा वितरणमा सहयोग पुर्‍याउँदै आएकोमा प्रशंसा गर्दै प्राप्त स्वास्थ्य सामग्रीले महामारी नियन्त्रणमा महत्ववपूर्ण सहयोग पुग्ने बताए । 

एनबिआईका अध्यक्ष कुशकुमार जोशीले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारण सिर्जित संकटपूर्ण अवस्थाले निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक, सामाजिक विकासको गति ठप्प प्रायः भएको बताउँदै अविलम्ब एकीकृत राहतका कार्यक्रम ल्याउन माग गरे । मुलुकको दिगो विकास र सामाजिक उत्तरदायित्वको क्षेत्रमा सरकारसँग हातेमालो गर्दै करिब दुई दशकदेखि क्रियाशील पहलले यसका अतिरिक्त कार्यस्थलसम्बन्धी प्रकाशनलगायत अन्य सचेतनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउँदै उनले भविष्यमा पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिइने बताए ।