१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका झापा
२०७७ बैशाख २७ शनिबार १८:२६:००
Read Time : < 1 मिनेट
अर्थ

एक महिनादेखि ठप्प काँकडभिट्टा नाका खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका झापा
२०७७ बैशाख २७ शनिबार १८:२६:००

एक महिनादेखि ठप्प पूर्वी नाका काँकडभिट्टा खुलेको छ । २६ चैतमा बन्द भएको भन्सार कार्यालय शनिबारबाट सञ्चालनमा आएको हो ।

पश्चिम बंगाल सरकारले विनाजानकारी नाका बन्द गरेपछि आयात–निर्यात ठप्प भएको थियो । तर, शनिबारबाट पुनः नाका खुलेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए ।

‘बन्द गर्दा पनि हामीलाई जानकारी थिएन । शुक्रबार एक्कासि रानीगन्ज नाकाबाट गाडी पठाउने जानकारी प्राप्त भयो,’ उनले भने, ‘शनिबार २५ वटा गाडी आएका छन् ।’

भन्सार प्रमुख विश्वकर्माका अनुसार भन्सारको एक नम्बर गेटमै कोरोना भाइरसविरुद्ध स्प्रे गरिनेछ । चालक र सहचालकको ज्वरो नापिने पनि उनले बताए । उनले नकुहिने वस्तु आयात भएको भए भन्सारमा केही दिन होल्ड गरिने पनि स्पष्ट पारे ।