Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ बैशाख २७ शनिबार १८:१८:००
Read Time : < 1 मिनेट
समाचार

वडाध्यक्षको कुटाइबाट गाउँपालिका अध्यक्ष घाइते

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ बैशाख २७ शनिबार १८:१८:००

कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडाध्यक्षको कुटाइबाट घाइते भएका छन् । पलाँता गाउँपालिका– २ का वडाध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएका हुन् ।

पलाँता गाउँपालिका– २ को ग्रामीण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडाध्यक्ष भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिमिल्सेनाले जानकारी दिए ।

‘बिहान ११ बजेतिर गाउँमा उपभोक्ता समिति गठनसम्बन्धी छलफल भइरहेको वेला वडाध्यक्ष भण्डारीलगायतको टोलीले गाउँपालिका अध्यक्ष बममाथि एक्कासि आक्रमण गरेकाे हाे,’ उनले भने, ‘आक्रमणमा गाउँपालिका अध्यक्ष बम, उनकी श्रीमती र भतिजा सामान्य घाइते भएका छन् ।’ घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको तिमिल्सेनाले जानकारी दिए ।

अहिलेसम्म घटनामा संग्लन कोही पनि पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । गाउँपालिका अध्यक्ष बम र वडाध्यक्ष भण्डारी दुवैजना पूर्वमाओवादी केन्द्रबाट विजयी भएका थिए ।