मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दृष्टान्त बिडारी
२०७७ बैशाख २७ शनिबार ०७:५२:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया

तस्बिर कथा : वसन्तमा खुलेका वन्यजीव

Read Time : > 1 मिनेट
दृष्टान्त बिडारी
२०७७ बैशाख २७ शनिबार ०७:५२:००

कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतदेखि लगाइएको लकडाउन शनिबार ४७ दिन पुगेको छ ।

सवारीसाधन र मानिसको आवतजावतले सधैँ व्यस्त रहने सहरी क्षेत्र यतिवेला पहिलेको तुलनामा शान्त छ । धुलो र धुवाँ कम हुँदा आकाश खुलेको छ । प्रकृति स्वच्छ बन्दै जाँदा सहरी क्षेत्रमा पनि चराचुरुंगीको आवाज सुनिन थालेको छ ।

यस्तै, मानवीय हस्तक्षेप नहुँदा वन्यजन्तुमा पनि एकप्रकारको निश्चिन्तता देखिन्छ । हेटौँडास्थित वनविज्ञान अध्यन संस्थानको जंगल क्षेत्र चहार्दै गर्दा चराचुरुंगी र वन्यजन्तुमा यस्तै सकारात्मक परिवर्तन देखियो ।

नेपालमा चैतदेखि जेठ पहिलो सातासम्म वसन्त ऋतु रहन्छ । यही समयमा चराचुरुंगीले अन्डा पार्ने र चल्ला कोरल्ने गर्छन् । यही समयमा रूख–बुट्यानमा पलाएका नयाँ पालुवामा चराचुरुंगी रमाउँदै गरेको दृश्य कम मनमोहक छैन ।

यस्तो लाग्छ, कोरोना भाइरसले मानिसलाई लकडाउनमा राखेको छ अनि वन्यजन्तु र चराचुरुंगीमा मानिसले लगाएको लकडाउन भने खुकुलो भएको छ । कोभिड–१९ को महामारीले मानिसलाई प्रकृतिसँग सहकार्यका साथ जीवनको गोरेटो पछ्याउन प्रेरित गरेको छ ।

 

 

नोट : यस स्तम्भमा पाठकले खिच्नुभएका मनमोहक तस्बिरहरूलाई स्थान दिने प्रयास गरेका छौँ । लकडाउनको समयका आफ्ना सिर्जना हामीलाई पठाउन सक्नुहुनेछ । 
–सम्पादक