१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १९:०७:००
Read Time : < 1 मिनेट
अर्थ

मंगलबारदेखि सेयर बजार खुल्ने, दैनिक दुई घन्टा कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १९:०७:००

लामो समयदेखि बन्द रहेको नेपाली सेयर बजार ३० वैशाख मंगलबारदेखि सुचारु हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले नेप्सेलाई २८ वैशाख आइतबारबाट नियमित कार्य थाल्न निर्देशन दिएको छ । तर, दोस्रो बजारमा कारोबार भने मंगलबारदेखि गर्ने गरी बोर्डले निर्देशन दिएको छ । बोर्डले बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार खुला गर्न नेप्सेलाई निर्देशन दिएको हो ।

नेपाल सरकारको २४ वैशाखको निर्णयअनुसार बैंक, बिमा, वित्तीय संस्था तथा धितोपत्र आवश्यक सेवा प्रवाह गर्ने निर्णयअनुसार सेयर बजार खोल्न लागिएको बोर्डका अध्यक्ष भीष्म ढुंगानाले बताए । शुक्रबार बोर्डको कार्यालयमा बजारसम्बद्ध पक्षहरू नेप्से, सिडिएस, मर्चेन्ट बैंक, डिपी, ब्रोकरहरूसँगको छलफलपछि बजार खोल्ने निर्णयमा पुगेको बोर्डले बताएको छ ।

धितोपत्रको खरिद तथा बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आइपिएस वा विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहित गर्ने पनि बोर्डले जनाएको छ । त्यस्तै आगामी साउनदेखि अनिवार्य रूपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने बोर्डले स्पष्ट पारेको छ ।

लगानीकर्ताले मेरो सेयर खाता खोली सोही खाताबाट अनिवार्य रूपमा इडिआइएसमार्फत सेयर राफसाफ गर्ने व्यवस्था बोर्डले गरेको छ । ०७७ असार मसान्तसम्म मेरो सेयरको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने र सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालयमार्फत राफसाफको व्यवस्था मिलाउने बोर्डले जनाएको छ ।

यसका साथै सर्किट ब्रेकरको नियममा पनि केही परिवर्तन गरिएको छ । बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरिने बोर्डले बताएको छ । त्यस्तै बोर्डले एकचौथाइद सवारीसाधनलाई पासको उपलब्ध गराउने भएको छ ।

लकडाउनअघिको अन्तिम कारोबार दिनको राफसाफ सोमबारदेखि गरिने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । यद्यपि, सिडिएससीले नियमित कार्य भने आइतबारदेखि नै थाल्ने उनले बताए ।