१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १६:४८:००
Read Time : < 1 मिनेट
समाचार

निषेधित क्षेत्र तोड्ने २५ चिनियाँ नागरिक पक्राउ

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १६:४८:००

नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लंघन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए । 

सिंहदरबार अगाडिबाट साढे ३ बजे करिब २५ चिनियाँलाई पक्राउ गरिएको हो । निषेधित क्षेत्र तोडेर सिंहदरबार आएर प्रहरीमाथि नै आक्रमण गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको पौडेलले बताए । ती नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वि वान्ट टु गो ब्याक होम’ लेखिएका प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए ।  

'उनीहरू निषेधित क्षेत्रतर्फ आउन थालेपछि हामीले रोक्यौँ, तर उनीहरू नमानेर सिंहदरबारसम्म आए,' उनले भने, 'सिंहदरबार आएर पनि हामीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिएका हौँ ।' 

उनीहरूले प्रहरीको लाठी खोसेर हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरूमाथि लाठी हानेको थियो । लाठीबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको टाउकामा चोट लागेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार बस्नेतसहित नेपाल प्रहरीका पाँच र उनीहरूतर्फ ६  घाइते भएका छन् ।

पक्राउ गरी तिनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी  दिए । प्रहरीले भद्रकालीबाट नै प्रवेश गर्न नदिए पनि उनीहरू ठेलमठेल गर्दै सिंहदरबार पुगेका थिए । पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका हुन् ।