मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित हुन सरकारलाई विकास समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १४:४२:००

राष्ट्रिय सभाको दिगो विकास समितिले सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाब दिएको छ । 

शुक्रबार विज्ञ र सांसदहरूसँगको छलफलपछि समितिले दिगो विकासको निर्धारित लक्ष हासिल हुने गरी नीति तथा कार्यक्रम तय गर्न सुझाब दिएको हो । समिति सभापति तारादेवी भट्टले जलवायु परिवर्तन र कोभिड–१९ विश्वकै मुद्दा भएकाले नेपालले अब नयाँ ढंगले विकासलाई सोच्नुपर्ने वेला भएको बताइन्। 
 दिगो विकासका निर्धारित लक्ष्यहरू जलवायु परिवर्तनमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि प्रतिबद्ध रहे पनि त्यसका लागि चालिएका कदम र प्रयासहरू प्रभावकारी हुन नसक्दा विश्वले कोरोना महामारीको सामना गरिरहेको उनकाे भनाइ छ  ।  विज्ञहरूले भविष्यमा कोरोनाभन्दा पनि बढी भयानक अवस्थाको सामना गर्ने चेतावनी दिइरहेका वेला त्यसतर्फ सोच्नुपर्ने वेला आएको उनले बताइन् । 


सभापति भट्टले सरकारका नीति तथा कार्यक्रमलाई दिगो विकास लक्ष्य हासिल गर्दै थप क्रियाशील बनाउनतर्फ शुक्रबारको छलफल केन्द्रित भएको बताइन् । 

वातावरणविज्ञ सिलशिला आचार्यले डिजेट, पेट्रोल र ठूला होटेलहरूको विकल्पमा सोच्न सकेमा मात्रै पनि वातावरण संरक्षण गर्न सकिने बताए ।  नेपालको सन्दर्भमा जलविद्युतलाई प्रवर्द्धन गरी डिजेल तथा पेट्रोलको प्रयोग घटाउने र ठूला होटेलहरूको सट्टा होम स्टेहरूको प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । 

सांसद भैरवबहादुर श्रेष्ठले वनहरूको वैकल्पिक व्यवस्थापनका नाममा ठूलो मात्रामा वन फँडानी भइरहेको बताए ।  सांसद विमला राई पौडेलले जैविक मल र जैविक विषादी बनाउने उद्योग सञ्चालनतर्फ ध्यान दिन सके मात्रै प्रांगारिक कृषिलाई प्रवर्द्धन गर्न सकिने बताइन् ।