मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख २६ शुक्रबार १३:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाका सांसदद्वारा संसदमा प्रस्तुत हुने एजेन्डा दुई अध्यक्षले तय गर्ने

Read Time : < 1 मिनेट
२०७७ बैशाख २६ शुक्रबार १३:४०:००

शुक्रबारबाट सुरु हुने संसद्को बजेट अधिवेशनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का सांंसदहरू कसरी प्रस्तुत हुने भन्ने एजेन्डा दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल  दाहाल प्रचण्डले तय गर्ने सहमति भएको छ । 

संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे दुई अध्यक्षले सांसदहरूलाई पत्र दिनेछन् । 

यसबारे प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, नेताहरू सुवासचन्द्र नेम्वाङ, खिमलाल भट्टराई, देव गुरुङ, दीनानाथ शर्मा, शान्ता चौधरीलगायत बसेर टुंग्याएको स्रोतले जनाएको छ ।  

साथै दुवै अध्यक्षले नीति तथा कार्यक्रमबारे प्रदेशगत रूपमा सांसदहरूसँग छलफल गर्ने र उनीहरूको सुझाब लिने तयारी भएको राष्ट्रिय सभाका नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी  दिए । 

त्यसका लागि संसदीय दलको बैठक नै प्रदेशगत रूपमा सञ्चालन गर्ने सहमति भएको छ । 

यी सबै बैठक सामाजिक दूरी कायम हुने गरी व्यवस्थापन गरिनेछ ।