१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ बैशाख २६ शुक्रबार १०:२७:००
Read Time : < 1 मिनेट
अर्थ

नगदे बाली लगाउने किसानलाई ८०% अनुदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ बैशाख २६ शुक्रबार १०:२७:००

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई ८० प्रतिशतसम्म अनुदान  दिने निर्णय गरेको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारणले देश लामो समय बन्दाबन्दीमा रहेका कारण कृषि क्षेत्र प्रभावित हुन सक्ने भन्दै चालू आर्थिक वर्षमा नगदे बाली तथा मौसमी खेती गर्ने किसानलाई ८० प्रतिशत कृषि अनुदान दिने भएको हो । 

बन्दाबन्दीका कारणले विभिन्न बालीको खेती गर्न बिउबिजन, मल प्राप्त गर्न कठिनाइ हुने कृषकका लागि चालू आर्थिक वर्षमा विभिन्न तालिम, गोष्ठी आन्तरिक भ्रमणलगायत चालू खर्चतर्फ विनियोजिन गरिएका नगर तथा वडा तहका योजना कटौती गरी किसानलाई अनुदान दिन लागेको नगरपालिकाले जनाएको छ । 

धान, मकै, बोडी, फर्सी, लौका, सिमी, चिचिन्डा, घिरौँलालगायतका सिजनल तरकारी बालीका बिउबिजनहरूमा ८० प्रतिशत अनुदान दिने निर्णय भएको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् ।