मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २६ शुक्रबार ०६:२८:००
Read Time : > 1 मिनेट
नयाँCity

लकडाउनमा ‘भर्चुअल सेलिब्रेसन'

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २६ शुक्रबार ०६:२८:००

कोरोना संक्रमणबाट भौतिक दूरी कायम गर्नुको विकल्प छैन । चाडपर्व, जन्मदिन, एनिभर्सरी, विवाह, व्रतबन्धलगायत समारोह जीवनका विशेष अवसर हुन् । साथीभाइ, आफन्त र परिवारसँग मनाइने यस्ता विशेष दिन कोरोना संक्रमणसँगै छुटेका छन् । तर, अहिलेको विषम परिस्थितिमा सिर्जनात्मक बन्दै यस्ता विशेष दिन मनाउन सकिन्छ । र, ती अवसरलाई अझ यादगार बनाउन सकिन्छ ।

भर्चुअल भेटघाट

विशेष अवसरमा रेस्टुराँ या घरमै जमघट अहिले सम्भव छैन । लकडाउनले यस्तो भौतिक निकटतालाई छेकेको छ । तर, भर्चुअल भेटघाट हाम्रा लागि विकल्प बनेको छ । लकडाउनले हामीलाई भर्चुअल जीवन जिउने तरिका सिकाएको छ । यही भर्चुअल भेटघाटलाई हामी विशेष बनाउन सक्छौँ । ग्रुप च्याटबाटै साथीभाइसँग रमाइलो गर्न सक्छौँ ।

लकडाउनले हामीलाई भर्चुअल जीवन जिउने तरिका सिकाएको छ । यही भर्चुअल भेटघाटलाई हामी विशेष बनाउन सक्छौँ । ग्रुप च्याटबाटै पनि साथीभाइसँग रमाइलो गर्न सक्छौँ।

तस्बिर र भिडियो सेयर

भौतिक दूरीमा बस्नुपर्ने भएकाले मानिसबीचको सम्बन्ध भावनामै सीमित बनेको छ । तर, त्यस्तो सम्बन्धलाई निकट बनाइराख्ने उपाय पनि छ । सिर्जनात्मक बनौँ अनि रेस्टुराँमा खाइने पिज्जा भिडियोकलमार्फत दुवैले बनाउने र खाने गरौँ । पुराना सम्झना, तस्बिर र भिडियो सेयर गर्दै सम्बन्धलाई पुनर्ताजगी दिइराखौँ ।

खुसी बाँड्न नछुटाऔँ

यसबीचमा परेका विभिन्न चाडपर्वमा सामाजिक सञ्जाल या फोनमार्फत खुसी बाँड्न नछुटाऔँ । घरमा आफन्तजन र साथीभाइ बोलाएर भोजभतेर गर्न नसके पनि एकअर्काको स्वर सुन्दै र भिडियो हेर्दै आपसी खुसी बाँड्न सकिन्छ ।

अनलाइन सपिङमार्फत गिफ्ट

अनलाइन सपिङमार्फत उपहार पठाउनु अब नौलो विषय रहेन । यसले आपसी सम्बन्धलाई अझ यादगार बनाउँछ । यस्तै, चित्र कोर्ने, पुराना तस्बिर संकलन गरी सुन्दर सन्देशका साथ सामाजिक सञ्जालमा राख्न पनि सकिन्छ ।