मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ बैशाख २५ बिहीबार १३:१८:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना महामारी अमेरिकामा भएको सबैभन्दा घातक हमला : ट्रम्प 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख २५ बिहीबार १३:१८:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस अमेरिकामा हालसम्मकै सबैभन्दा घातक हमला भएको बताएका छन् । 

ट्रम्पले यो महामारी दोस्रो विश्वयुद्धको समयमा जापानले बमवर्षक विमानबाट पर्ल हार्बरमा गरेको आक्रमण वा दुई दशकअगाडि सेप्टेम्बर ११ मा न्युयोर्कस्थित ट्विनटावरमा भएको आतंकवादी आक्रमणले भन्दा बढी कोरोना भाइरसले क्षति पुऱ्याएको बताए । 

ट्रम्पले कोरोना भाइरसको महामारी फैलिनमा चीन जिम्मेवार रहेको ठहर गर्दै कठोर कारबाही गर्नुपर्ने पनि बताउँदै आएका छन् ।

ह्वाइटहाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘हाम्रो देशमा भएको यो सबैभन्दा घातक हमला हो । पर्ल हार्बर र वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणभन्दा बढी खतर्नाक छ । हामीमाथि आजसम्म यस्तो घातक आक्रमण भएको थिएन ।’

चीनले समयमै यस भाइरसलाई रोक्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । अमेरिकामा भाइरसको प्रकोप फैलिएपछि ट्रम्पले पटक–पटक चीनको आक्रोशपूर्ण आलोचना गर्दै आइरहेका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले पनि चीनले कोरोना भाइरससम्बन्धी जानकारी लुकाएको आरोप लगाएका छन् । उनले पछिल्लो समय निरन्तर भन्दै आइरहेका छन्, ‘हामी यो विषयमा निश्चित त छैनौँ, तर पर्याप्त प्रमाण छ, कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको हो ।’

चीनका सरकारी मिडियाले अमेरिकी आरोप झुट भएको भन्दै खण्डन गरिरहेका छन् । 

ह्वाइटहाउसको कोरोना भाइरस नियन्त्रणका लागि बनाइएको टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउसीले भाइरस प्रयोशालामा बनेको भन्ने कुरालाई बेवास्ता गर्दै यो प्राकृतिक भएको बताएका छन् । 

अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १२ लाख मानिस संक्रमित भएका छन्, भने ७३ हजारको ज्यान गएको छ ।